सल्यानका दुई परिवारका ९ जनाको भारतमा आगलागी र ग्यास सिलिन्डर विस्फोटबाट मृत्यु

आगलागीपछि ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका ९ जनाको ज्यान गएको छ। घटना भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने स्थानमा भएको हो। राति सुतेकै समयमा अचानक पसलमा आगलागी हुँदा त्यहाँ राखिएका ग्यास सिलिन्डर विस्फोट भएको बताइएको छ। विस्फोटमा ३३ वर्षीय