आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगितामा नेपालले सुखद सुरुआत गर्ने अपेक्षासहित नेपाली समर्थकहरू उत्साहित देखिएका छन्।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन सम्पन्न तीनवटै खेलमा एशोसिएट टोलीहरूले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए। त्यसैले आजको खेलमा पनि नेपालले इंग्ल्यान्डलाई चुनौती दिने विश्वास समर्थकहरूमा देखिएको छ।
आजको पहिलो खेल न्युजिल्यान्ड र अफगानिस्तानबीच सम्पन्न भइसकेको छ। नेपाल–इंग्ल्यान्ड खेलका लागि नेपाली समर्थकहरू खेल सुरु हुनु अघि नै स्टेडियम पुगेका छन्।
नेपाल र इंग्ल्यान्डबीचको खेल मुम्बईस्थित वानखेड़े स्टेडियममा आज दिउँसो सवा ३ बजे सुरु हुनेछ।









प्रतिक्रिया