नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा काठमाडौंको खुलामञ्चमा पुगेको क्षतिको मर्मत आफ्नै खर्चमा गर्ने प्रतिबद्धता कार्यान्वयन गर्ने भएको छ।
पार्टीले सार्वजनिक गरेको प्रतिबद्धताअनुसार क्षति पुगेको स्थानमा नयाँ दुबो रोप्ने, त्यसको स्याहार गर्ने तथा संरक्षण गर्ने कामका लागि सम्झौता गरिएको छ।
महाधिवेशनका क्रममा खुलामञ्चमा पुगेको क्षतिको मर्मत गरी सार्वजनिक स्थलको संरक्षण गर्ने उद्देश्यले उक्त काम अघि बढाइएको हो।







प्रतिक्रिया