‘प्रहरीको बर्दी डरको होइन, आशा र सुरक्षाको प्रतीक बनोस्’ : गृहमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

​गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

​शुक्रबार आयोजित ७१ औं प्रहरी दिवसको अवसरमा बोल्दै गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्न आग्रह गरे।

​कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्नेमा जोड दिए। बदलिँदो समयसँगै बढेका साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा प्रहरीले क्षमता अभिवृद्धि गर्दै नागरिकको विश्वास जित्न आवश्यक रहेको उनले बताए।

​”प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्छ,” गृहमन्त्री गुरुङले भने, “साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता बढाउँदै नागरिकको विश्वास जित्न आवश्यक छ।”

​उनले अगाडि भने, “प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ। सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन।”