राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही नहुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा सरकारको सिफारिसमाथि संसदीय समितिले प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु लोकतन्त्रको महत्वपूर्ण अभ्यास भएको बताएका हुन्।
उनले लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित रहने उल्लेख गरेका छन्। बहुमतको शासन प्रणालीमा पनि सरकारलाई जवाफदेही बनाउने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ।
सिंहले संसदीय समितिको भूमिकालाई लोकतन्त्रको सुन्दरता र गरिमासँग जोड्दै सरकारका निर्णयमाथि संसदीय निगरानी हुनु आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।







प्रतिक्रिया