नेपाली बजारमा पछिल्लो चार दिनमा सुनको मूल्य तोलामा ८ हजार १ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार घटेर २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको हो।
बिहीबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा १ हजार १ सय रुपैयाँले घटेको छ। बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार तोलामा २२० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला ४ हजार २५५ रुपैयाँ रहेको चाँदी बिहीबार ४ हजार ३५ रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।







प्रतिक्रिया