नेपाली सेनामा उपरथी र सहायक रथीलाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका पाइलट सहायक रथी राम सुन्दर बोहोरा, सहायक रथी भुवन खत्री तथा प्राविधिक सहायक रथी धर्मेन्द्र कुमार झालाई प्रधानसेनापति अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

जंगी अड्‌डामा आयोजित एक औपचारिक कार्यक्रमका बीच प्रधानसेनापति सिग्देलले पदोन्नति भएका उपरथी तथा सहायक रथीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका एक जना महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका पाँच जना प्रमुख सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, वरिष्ठ अधिकृतहरू तथा पदोन्नति भएका रथीवृन्द र अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो।