महिलामाथि हुने जघन्य अपराधका दोषीलाई कडा कारबाही गर्न पूर्वराष्ट्रपति भण्डारीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्वराष्ट्रपति Bidhya Devi Bhandari ले महिलामाथि हुने जघन्य अपराधका दोषीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न राज्य संयन्त्रले तदारुकता देखाउनुपर्ने बताएकी छन्।

११६औँ International Women’s Day को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली महिलाहरू अझै पनि सुरक्षित र सम्मानित रूपमा बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित हुनुपरेको भन्दै चिन्ता व्यक्त गरिन्।

समाजमा बढ्दै गएको घरेलु हिंसा, एसिड आक्रमण, यौन दुर्व्यवहार, बलात्कार तथा हत्या जस्ता घटनाप्रति लक्षित गर्दै उनले यस्ता अमानवीय कार्यले सिंगो समाजलाई नै कलंकित बनाएको बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले अपराधीहरूले उन्मुक्ति पाउने वा कानुनी छिद्र प्रयोग गरेर उम्कने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिइन्। राज्यको ध्यानाकर्षण गराउन र पीडितलाई न्याय दिलाउन नागरिक समाज तथा महिला अधिकारवादी संगठनहरूको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ।

उनले भनिन्, “बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरूविरुद्ध हदसम्मको कानुनी कारबाही गर्न राज्यले तदारुकता देखाउनु आवश्यक छ। यसका लागि नागरिक समाज र महिला संगठनहरूले निरन्तर आवाज उठाइरहनु अपरिहार्य छ।”

विगतमा महिला अधिकारका लागि संघर्ष गरेका अग्रज महिलाहरूको स्मरण गर्दै उनले नयाँ पुस्ताले पनि न्याय, समानता र स्वतन्त्रताको पक्षमा निरन्तर खबरदारी गरिरहनुपर्ने आवश्यकता औंल्याइन्।