शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी दिएका हुन्।
अर्थमन्त्री खनालका अनुसार मन्त्री पुनले आफ्नो अभियानमा सक्रिय रूपमा लाग्नका लागि राजीनामा दिएका हुन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ताकै दिन उनले राजीनामा दिनुलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।
यसअघि आइतबार मात्रै सञ्चारमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिएका थिए। लगातार मन्त्रीहरूको राजीनामाले निर्वाचन पूर्वको राजनीतिक गतिविधि थप तातेको देखिएको छ।









प्रतिक्रिया