फिल्म ‘आबाट आमा’ ५१ दिन प्रदर्शन पूरा, दोस्रो श्रृंखला छिट्टै सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फिल्म ‘आबाट आमा’ ले आइतबार प्रदर्शनको ५१ दिन पूरा गरेको छ। राजधानीमा आयोजित समारोहमा निर्माताले प्राविधिक, कलाकार, संचारकर्मी, वितरक र प्रदर्शकलाई सम्मान पत्र प्रदान गरेका थिए।

निर्देशक चन्द्र पन्तले दर्शकलाई धन्यवाद दिँदै फिल्मले मुलुकभर २५ हलमा प्रदर्शनको उपलब्धि हासिल गरेको जानकारी दिए। चलचित्र विकास बोर्डका अनुसार, फिल्मले अहिलेसम्म कम्तीमा १३ करोड रुपैयाँ ग्रस आम्दानी पारिसकेको छ।

निर्माताले फिल्मको दोस्रो श्रृंखला ‘आबाट आमा २’ छिट्टै ल्याउने घोषणा गरेका छन्। निर्देशक पन्तका अनुसार दोस्रो भागको कथावस्तु पूर्णरुपमा भिन्न हुनेछ र पहिलो भागसँग प्रत्यक्ष जोडिएको छैन। नयाँ श्रृंखलामा नयाँ कथा, इमोसन र सकेसम्म नयाँ कलाकार प्रस्तुत गरिनेछ।

हालसम्म पल शाह मात्र दोस्रो श्रृंखलामा अनुबन्धित भएका छन् भने अन्य कलाकारको छनोट बाँकी छ। प्राविधिक टोली भने पहिलो भागबाटै राखिने निर्णय गरिएको छ। दोस्रो श्रृंखलाको छायांकन बैशाखको दोस्रो साताभित्र सुरु हुने निर्देशक पन्तले जानकारी दिए।