नीम करोली बाबाको जीवन तथा दर्शनमा आधारित चलचित्र ‘हनुमान अंश’ अब नेपालमा पनि प्रदर्शनमा आउने भएको छ।
करिब दुई करोड भारुको बजेटमा निर्माण भएको यो चलचित्रले ठूलो प्रचारप्रसार र स्टार कलाकारबिनै बक्स अफिसमा अप्रत्याशित सफलता हासिल गरेको दाबी गरिएको छ। अगस्ट ७ देखि भारतमा प्रदर्शनमा आएको चलचित्र अहिले चौथो सातामा ब्लकबस्टर साबित भएको बताइएको छ।
चलचित्रले पहिलो दिन करिब १० लाख भारुबाट आफ्नो बक्स अफिस यात्रा सुरु गरेको थियो। पहिलो सातामा १ करोड ८ लाख र दोस्रो सातामा ४० लाख भारु नेट कमाइ गरेको फिल्मले तेस्रो सातामा भने रफ्तार समाउँदै १० करोड ४० लाख भारु कमाएको दाबी गरिएको छ।
चौथो सातामा मात्रै ६१ करोड भारु नेट कमाएको बताइएको ‘हनुमान अंश’ले भारतमा हालसम्म १३१ करोड भारु नेट कमाइ गरेको दाबी गरिएको छ।
अब यो चलचित्र शुक्रबारदेखि नेपालका हलहरूमा प्रदर्शन हुने तयारीमा छ।







प्रतिक्रिया