काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ।
अर्थ मन्त्रालयका अनुसार भोटेकोशी बाढीपछि मात्रै कोषमा ८ अर्ब ९२ करोड २० लाख ७ हजार ७५९ रुपैयाँ संकलन भएको छ। त्यस्तै, बाढीपछि २ करोड २८ लाख ५६ हजार ४७५ अमेरिकी डलर समेत संकलन भएको छ, जसको नेपाली रुपैयाँमा मूल्य करिब ३ अर्ब ५७ करोड ७० लाख ९४ हजार ६१८ रुपैयाँ हुन्छ।
मन्त्रालयका अनुसार सोमबार बिहान ९ बजेसम्म कोषमा नेपाली रुपैयाँतर्फ कुल १३ अर्ब ५८ करोड १५ लाख २४ हजार ७८३ रुपैयाँ मौज्दात रहेको छ।
बाढीअघि कोषको नेपाली रुपैयाँ खातामा २ अर्ब ८ करोड २४ लाख २२ हजार ४०५ रुपैयाँ रहेको थियो। अमेरिकी डलर खातामा भने बाढीअघि ५ लाख ८६ हजार ४८ अमेरिकी डलर मौज्दात थियो।
मन्त्रालयले कोषबाट एक अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई भदौ १६ गते हस्तान्तरण गरिएको जानकारी दिएको छ।
भोटेकोशी बाढीपछि विभिन्न व्यक्ति, संघसंस्था तथा निकायबाट प्राप्त सहयोगका कारण उद्धार कोषमा ठूलो रकम संकलन भएको हो।







प्रतिक्रिया