नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत हुन्डाईका गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यस्तै, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसर समेत प्रदान गरिएको छ।
कम्पनीका अनुसार गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स र एक वर्षको निःशुल्क सडक कर सुविधा पनि पाउनेछन्।
हुन्डाईले आफ्ना गाडीमा ३ वर्षको वारेन्टी तथा ६ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। यी सुविधाले गाडी खरिददेखि स्वामित्वसम्म ग्राहकलाई थप सहजता र मूल्य प्रदान गर्ने कम्पनीको दाबी छ।
दशैं, तिहार तथा छठलाई लक्षित गरिएको ‘फेस्टिभ ड्राइभ २०८३’ योजना भदौ २३ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ।







प्रतिक्रिया