प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब २ करोड ७३ लाख २९ हजार ७ सय ७७ रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म विभिन्न नौवटा बैंकमा रहेका कोषका खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५ सय १६ रुपैयाँ जम्मा भएको छ।
त्यस्तै, कोषका अन्य दुई बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ३७ लाख ६ हजार ५ सय ७५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ।
सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि यही कोषबाट रकम परिचालन गर्दै आएको छ।
यसै क्रममा केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिएको थियो।







प्रतिक्रिया