सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गर्दै काठमाडौंमा विद्यार्थी प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रिय हितविपरीत भएको आरोप लगाउँदै काठमाडौंमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरूले प्रधानमन्त्रीको भनाइ फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले ‘राष्ट्रिय अखण्डताको पक्षमा एकजुट बनौँ’, ‘देशको सीमा र स्वाभिमान हाम्रो प्राण’, ‘हाम्रो भूमि, हाम्रो शान’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए।

त्रिचन्द्र क्याम्पसका विद्यार्थी मनोज भण्डारीले संसदमा प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्ति देशको गरिमा र राष्ट्रिय स्वाभिमानविरुद्ध रहेको भन्दै त्यसको विरोधमा उत्रिनुपरेको बताए।

उनले प्रधानमन्त्रीले संसदमार्फत आफ्नो अभिव्यक्तिप्रति माफी नमागेसम्म आन्दोलन जारी रहने चेतावनीसमेत दिए। प्रदर्शनकारीहरूले राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएका विषयमा जिम्मेवार अभिव्यक्ति दिन सरकारलाई आग्रह गरेका छन्।