देउवा समूहको राष्ट्रिय भेलामा शेखर कोइराला सहभागी हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्।

देउवा समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेलाको आयोजना गरेको छ। नेता कोइराला पनि भेलामा सहभागी भएर सम्बोधन गर्ने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिएका छन्।

यसअघि देउवा समूहको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित कुनै पनि बैठकमा सहभागी नभएका कोइराला राष्ट्रिय भेलामा भने सहभागी हुन लागेका हुन्।

देउवा समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजना गरेको हो। भेलामा पूर्वसभापति शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

देउवा साउन २८ गते स्वदेश फर्किने र त्यसपछि राष्ट्रिय भेलामा सहभागी हुने बताइएको छ। भेलामा कांग्रेसको पछिल्लो राजनीतिक अवस्था, संगठन तथा आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।