युरोपियन च्याम्पियन Spain national football team र कोपा अमेरिका विजेता Argentina national football team बीच हुने तय भएको प्रतिष्ठित ‘फाइनलिसिमा’ फुटबल खेल रद्द गरिएको छ।
आगामी मार्च २६ मा Qatar मा आयोजना गर्ने योजना बनाइएको उक्त खेलका लागि UEFA र CONMEBOL ले तयारी गरिरहेका थिए। तर क्षेत्रीय राजनीतिक परिस्थितिका कारण कतारमा खेल आयोजना गर्न सम्भव नभएको जनाइएको छ।
युएफाले जारी गरेको वक्तव्यमा क्षेत्रको वर्तमान राजनीतिक अवस्थाका कारण निर्धारित योजनाअनुसार प्रतियोगिता आयोजना गर्न नसकिएको उल्लेख गरेको छ। अन्य सम्भावित विकल्पहरू पनि खोजिए पनि ती अर्जेन्टाइन पक्षलाई स्वीकार्य नभएको बताइएको छ।
Argentine Football Association र कोनमेबोलले संयुक्त विज्ञप्ति जारी गर्दै मार्च ३१ मा खेलाउने वैकल्पिक मिति प्रस्ताव गरिएको जानकारी दिएका थिए। तर उक्त मिति पनि स्वीकृत नभएपछि अन्ततः खेल रद्द गर्ने निर्णय गरिएको हो।
विज्ञप्तिअनुसार अर्जेन्टिनालाई मार्च २७ मा Italy को तटस्थ मैदानमा खेल आयोजना गर्ने प्रस्ताव आएको थियो। अर्जेन्टिनाले मिति परिवर्तन गरी मार्च ३१ गर्न सुझाव दिएको थियो तर युएफाले चार दिन ढिलो गरी खेल आयोजना गर्न सम्भव नभएको बताएपछि निर्णय रद्दमा पुगेको हो।
युएफाका अनुसार अर्जेन्टिनाले विश्वकपपछि खेल आयोजना गर्ने अर्को प्रस्ताव पनि दिएको थियो। तर स्पेनको तालिकामा खाली मिति नभएकाले त्यो विकल्प पनि सम्भव हुन सकेन।
यसैबीच मध्यपूर्वमा जारी द्वन्द्वका कारण आगामी अप्रिलमा हुने तय भएका Bahrain Grand Prix र Saudi Arabian Grand Prix पनि रद्द गरिएको जनाइएको छ।
चार वर्षमा एकपटक आयोजना हुने ‘फाइनलिसिमा’ प्रतियोगिता युएफा र कोनमेबोलको संयुक्त आयोजनामा हुने गर्छ। यसको पछिल्लो संस्करण सन् २०२२ मा Wembley Stadium मा भएको थियो, जहाँ अर्जेन्टिनाले उपाधि जितेको थियो।









प्रतिक्रिया