‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ ११ र १२ चैतमा देखाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चलचित्र विकास बोर्डको महिला सशक्तीकरण समितिले आयोजना गर्ने भनिएको विशेष कार्यक्रमको मिति परिवर्तन गरिएको छ।

यसअघि फागुन २८, २९ र ३० गते आयोजना गर्ने तय गरिएको कार्यक्रम विविध कारणले सारेर अब चैत्र ११, १२ र १३ गते सञ्चालन गरिने चलचित्र विकास बोर्डले जनाएको छ।

कार्यक्रमअन्तर्गत प्रदर्शनका लागि तय गरिएका चलचित्र ‘कुमारी’ र ‘जीवन काँडा कि फूल’ क्रमशः २०८२ साल चैत्र ११ र १२ गते प्रदर्शन गरिने जानकारी दिइएको छ।

चलचित्र हेर्न इच्छुक भई बोर्डसँग सम्पर्क गरिसकेका चलचित्रकर्मीलाई पर्न गएको असुविधाप्रति बोर्डले क्षमायाचना पनि गरेको छ।

प्रदर्शन गर्न लागिएका यी दुई फिल्मले महिला सशक्तीकरण, मर्म र संघर्षका कथा प्रस्तुत गर्ने जनाइएको छ। बोर्डका अध्यक्ष दिनेश डीसीका अनुसार ती फिल्ममार्फत महिला सशक्तीकरणको सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ।