नवलपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nawalpur District मा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

Gaindakot नगरपालिका–९ थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो ना७ख ८६२१ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको लु४१प ९२३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार Jamuda Giri Thapa गम्भीर घाइते भएकी थिइन्। उनको College of Medical Sciences Teaching Hospital मा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिएका छन्।

मोटरसाइकल चालक मृतकका श्रीमान् Raj Bahadur Thapa घाइते भएका छन्। उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।