शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय ले एसईई परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गर्दै विशेष ‘इन्स्पायर सिरिज’ कार्यक्रम सुरु गरेको छ।
परीक्षा पछिको फुर्सदको समयलाई रचनात्मक बनाउन तथा भविष्यको सही मार्ग तय गर्न सहयोग गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको मन्त्रालयले जनाएको छ।
शिक्षामन्त्री सस्मित पोखरेल ले विद्यार्थीहरूलाई यो समयलाई केवल नतिजा कुर्ने चरणमा सीमित नराखी आफ्नो रुचि पहिचान गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरेका छन्।
मन्त्रालयका अनुसार खेलकुद, संगीत, कला तथा अन्य सिर्जनात्मक क्षेत्रमा सक्रिय हुन विद्यार्थीलाई प्रोत्साहित गरिनेछ। ‘इन्स्पायर सिरिज’ अन्तर्गत विभिन्न क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरूले आफ्ना अनुभव र संघर्षका कथा साझा गर्नेछन्।
यी प्रेरणादायी सामग्रीहरू मन्त्रालयको आधिकारिक सामाजिक सञ्जालमार्फत प्रसारण गरिनेछ, जसले विद्यार्थीलाई शैक्षिक तथा व्यावसायिक भविष्य तय गर्न मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया