२५७०औँ बुद्ध जयन्ती: देशभर शान्ति र श्रद्धाका साथ मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शान्तिका अग्रदूत सिद्धार्थ गौतम को २५७०औँ जन्मजयन्ती आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित देशभर मनाइँदै छ। भगवान विष्णुको नवौँ अवतारका रूपमा पूजिने बुद्धप्रति श्रद्धा व्यक्त गर्दै बौद्ध धर्मावलम्बीहरूले पूजा, आराधना र प्रवचन आयोजना गरेका छन्।

काठमाडौंको बौद्ध स्तूप क्षेत्रमा आज शान्ति र्‍यालीसहित विशेष कार्यक्रम गरिएको छ। यस अवसरमा लामा तथा बौद्ध धर्मगुरुहरूको उपस्थितिमा परम्परागत विधिअनुसार पूजा–अर्चना सम्पन्न गरिएको छ।

बौद्ध धर्मावलम्बीहरूले देशभरका चैत्य, गुम्बा र विहारहरूमा एकत्रित भई बुद्धका उपदेश सम्झँदै शान्ति, अहिंसा र सहिष्णुताको सन्देश फैलाउने गरेका छन्। विशेषगरी लुम्बिनी, स्वयम्भूनाथ स्तूप लगायतका प्रमुख धार्मिक स्थलहरूमा विविध कार्यक्रम आयोजना गरिएको छ।

बुद्ध जयन्तीले मानव जीवनमा शान्ति, करुणा र सहअस्तित्वको सन्देश फैलाउँदै सामाजिक सद्भाव र आध्यात्मिक चेतनालाई बलियो बनाउने विश्वास गरिएको छ।