दिवंगत अभिनेता सुनिल थापालाई ‘ट्रिब्युट’ गर्दै फिल्म ‘राम नाम सत्य’ को टिजर युट्युबमार्फत सार्वजनिक गरिएको छ। एक्सन, सस्पेन्स, प्रेम र थ्रिलर तत्व समेटिएको टिजरले दर्शकमा उत्सुकता बढाउने देखिन्छ।
फिल्मको क्लाइमेक्स दृश्य छायांकन गर्दागर्दै अभिनेता थापाको हालै निधन भएको थियो। त्यसैले यो फिल्मलाई वरिष्ठ अभिनेता थापाप्रति समर्पित गरिएको निर्माण पक्षले जनाएको छ।
सार्वजनिक टिजरमा अभिनेता विराज भट्टको यसअघि नदेखिएको एक्सन अवतार देख्न सकिन्छ। माइकल चन्दको निर्देशनमा तयार भएको फिल्ममा भट्टलाई पूर्ण एक्सन भूमिकामा प्रस्तुत गरिएको छ।
फिल्ममा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार, खुशी कार्की लगायतका कलाकारको अभिनय छ।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको छ। किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता रहेका फिल्मका क्रियटिभ निर्माता मोती कार्की हुन्।
राजेन्द्र आचार्य लाइन प्रोड्युसर रहेको फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत छ। अभिमन्यु निरवी र समय थपलिया फिल्मका स्क्रिप्ट सल्लाहकार हुन्।
फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीत यसअघि नै लोकप्रिय भइसकेको छ। ‘राम नाम सत्य’ आगामी चैत २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।









प्रतिक्रिया