सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबारको क्रममा १४७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। आज नेप्से ३.०२ अंकले घटेको छ।
यसबीच ९९ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य स्थिर रह्यो। नेप्सेमा आज कुल ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। गिरावट आएपनि नेप्सेको कुल पूँजीकरण ०.११ प्रतिशतले घटेको छ।
आजको कारोबारमा अपर स्याङ्गे हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने सपोर्ट माइक्रोफाइनान्सको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै घाटा बेहोरेका छन्।
नेप्सेमा गिरावटसँगै हाइड्रोपावर, जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूहबाहेक सबै समूहका उपसूचक नकारात्मक बनेका छन्।







प्रतिक्रिया