जय मिडिया मेनेजमेन्ट प्रालिको आयोजनामा सम्पन्न आठौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’ अन्तर्गतको ‘सुनसरी एडिसन’ मा इटहरीकी श्रीना बराल र इटहरीका मार्टिन श्रेष्ठ विजेता घोषित भएका छन्। उपाधिसँगै उनीहरूले जनही ३०–३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताको फाइनल चरणमा पुगेका ५८ जना प्रतियोगीहरूलाई प्रमाणपत्र तथा विभिन्न गिफ्ट ह्याम्परहरू प्रदान गरिएको आयोजक संस्था जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए। प्रतियोगितामा अर्गनाइजेसन च्वाइसतर्फ छात्रीमा तरहराकी सांगे वाङमु गुरुङ र छात्रतर्फ खनारका प्रज्ञान शाक्य चयन भए।

मिसतर्फ इभेनजलिना शाह (पकली) फस्ट रनरअप तथा प्रनिका कटवाल (इटहरी) सेकेण्ड रनरअप घोषित भइन्। ग्रेसी कटुवाल (इटहरी) ले मिस पब्लिक च्वाइसको उपाधि जितिन्। यस्तै मिस्टरतर्फ प्रज्ञान शाक्य (खनार) फस्ट रनरअप र सुदर्शन भुजेल (इटहरी) सेकेण्ड रनरअप बने भने एकांश अग्रवाल (इटहरी) मिस्टर पब्लिक च्वाइस घोषित भए।
विभिन्न विशेष उपाधिहरूमध्ये ग्रेसी कटुवालले मिस ब्यूटी विथ ब्रेन, मिस डिसिप्लिन तथा पाखी अग्रवालले मिस पपुलरको उपाधि जितिन्। काभ्या कार्की मिस स्मायल, सांगे वाङमु गुरुङ मिस पर्सनालिटी, अबिना मगर मिस ट्यालेन्ट, सुभाग्यी अधिकारी मिस फोटोजेनिक तथा इभेनजलिना शाह मिस इन्टेलेक्ट घोषित भइन्।
त्यसैगरी प्रितिना भट्टराई मिस क्याटवाक, माइसा जिंदल मिस क्यूट, आरुसी मेहता मिस कन्फिडेन्ट, अबिता राई मिस बब्ली, प्रनिका कटवाल मिस साइनिङ स्टार तथा स्पर्स राना बेस्ट ट्रान्सफर्मेसन घोषित भइन्। सोफिया प्रधान मिस फ्रेण्डसिप, सासा आले मगर मिस ब्यूटीफुल आइज, सान्भी पोखरेल मिस फिजिक तथा देवान्सी कार्की मिस अनेष्टको उपाधि जित्न सफल भए।
यता मिस्टरतर्फ विश्वास श्रेष्ठ मिस्टर पपुलर तथा मिस्टर क्याटवाक बने। सक्सेस तामाङ मिस्टर ट्यालेन्ट, इभान तामाङ मिस्टर फोटोजेनिक, सुदर्शन भुजेल मिस्टर इन्टेलेक्ट, प्रज्ञान शाक्य मिस्टर पर्सनालिटी तथा एकांश अग्रवाल मस्ट आउटस्ट्यान्डिङ परफर्मेन्स घोषित भए।
प्रतियोगिताको निर्णायक मण्डलमा डा. श्रवण कुमार मण्डल, मिस कोशी २०२५ विजेता तथा मोडल रजनी थापा र लेक्चरर तथा सामाजिक अभियन्ता बसन्त खनाल रहेका थिए।







प्रतिक्रिया