काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री नियुक्त हुने भएका छन्। उनको आजै अपराह्न सपथ ग्रहण हुने तयारी गरिएको छ।
यसअघि सम्पत्ति विवरण लगायत विभिन्न विवादका कारण गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि उठेका आरोपहरूको छानबिन गर्न विशेष समिति गठन गरेको थियो।
छानबिन समितिले गुरुङविरुद्ध ठोस प्रमाण नपाएको तथा उनीमाथि लगाइएका आरोप पुष्टि नभएको निष्कर्षसहित ‘क्लिन चिट’ दिएपछि सरकार उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारीमा फर्काउने निर्णयमा पुगेको हो।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज दिउँसो ३ बजे सपथ ग्रहण कार्यक्रमका लागि राष्ट्रपति कार्यालयमा औपचारिक पत्राचार भइसकेको छ।
गुरुङको पुनरागमनसँगै गृह मन्त्रालयको नेतृत्व फेरि उनैले सम्हाल्नेछन्। विपक्षी दलहरूले भने यस विषयमा प्रतिक्रिया जनाउने तयारी गरिरहेका छन् भने सरकार पक्षले छानबिन समितिको प्रतिवेदनका आधारमा निर्णय गरिएको जनाएको छ।







प्रतिक्रिया