राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति पौडेललाई वार्षिक प्रतिवेदन पेश गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रिय मानवअधिकार आयोगले आर्थिक वर्ष २०८१–०८२ को आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ। आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएका हुन्।

नेपालको संविधानको धारा २९४ बमोजिम प्रत्येक वर्ष आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। यसपालि आयोगले पनि सो कानूनी प्रावधान अनुसार आफ्नो प्रतिवेदन प्रस्तुत गरेको हो।