शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ घटेर २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ७० रुपैयाँले घटेर ३ हजार ५ सय ५५ रुपैयाँमा कायम भएको छ। बिहीबार चाँदीको मूल्य ३ हजार ६ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
महासंघले मूल्य घटबढ बजारको माग–आपूर्तिको सन्दर्भमा हुने क्रमिक परिवर्तनको परिणाम भएको जानकारी दिएको छ।







प्रतिक्रिया