शेख हसिनालाई मृत्युदण्डपछि बंगलादेशमा फेरि व्यापक अशान्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका — बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाइएपछि देशभर तनावपूर्ण अवस्था सिर्जना भएको छ। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले हसिनालाई गत वर्षको विद्यार्थी आन्दोलन दमनसँग सम्बन्धित मानवता विरुद्धको अपराध मुद्दामा सोमबार मृत्युदण्ड फैसला सुनाएको हो। फैसलापछि विद्यार्थीहरूको एक समूहले धनमन्डी–३२ स्थित हसिनाको पुर्ख्यौली घरमा तोडफोड प्रयास गरेको प्रहरीले जनाएको छ। भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले लाठीचार्ज, ध्वनि ग्रेनेड तथा बल प्रयोग गरेका थिए। झडपमा २ जनाको मृत्यु भएको पुष्टि भएको छ। स्थिति नियन्त्रणका लागि सेना तैनाथ गरिएको छ।

स्थानीय मिडिया अनुसार ढाका र अन्य शहरमा आगलागी, बम विस्फोट र राजनीतिक झडपका घटना बढेका छन्। फैसला अघि र पछि गरी ५० सवारी साधनमा आगजनी भएको बताइएको छ। जनमत विभाजित गोपालगञ्ज, मौलभीबजार, गाजीपुर र आशुलियासहितका क्षेत्रमा हिंसा फैलिएको छ। मृतक विद्यार्थीका परिवार तथा विपक्षी समूहले यस फैसलालाई ‘न्यायको जित’ भन्दै मिठाई बाँडेका छन्। तर हसिनाको पार्टी अवामी लिगले बन्दको घोषणा गर्दै यसलाई राजनीतिक प्रतिशोध भएको दाबी गरेको छ।