काठमाडौँ – उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुर क्षेत्रमा सक्रिय एउटा पाकेटमारी र सिक्री लुटपाट गिरोहलाई पक्राउ गरेको छ। गिरोहले काठमाडौँ–काभ्रेको बसमा यात्रुका सुनका गहना र पैसा चोरी गर्दै आएको थियो।
पक्राउ पर्ने गिरोहका प्रमुख कृष्ण बहादुर खड्का ४२ वर्षीय र पेशाले अनुभवी अपराधी हुन्। प्रहरीका अनुसार उनी यसअघि ३८ पटक पक्राउ परेका थिए र लुटपाटमा युवा परिचालन गर्ने गर्थे। खड्कासहित आठ जना पक्राउ परेका छन्, जसमा अनु गजमेर (२३), राजीव भण्डारी (१८), सुदीप भण्डारी (२६), सुजन भण्डारी (३४), साधुराम भुजेल (२६), सुरज तामाङ (२७) र विशाल तामाङ (२२) रहेका छन्।
प्रहरीका अनुसार गिरोहले बसमा चढेर यात्रुहरूको अवस्था हेरेर धकेलाधकेल गर्दै सिक्री लुट्ने गर्थे। करिब १५ दिनअघि मात्र उनीहरूले भक्तपुरबाट काठमाडौँतर्फ जाने बसमा महिलाहरूको समूहबाट सिक्री लुटेका थिए। बरामद सामग्रीमा दुई तोला र एक तोलाको सुनका गहना छन्।
१२ दिनको अनुसन्धानपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको भक्तपुर शाखाले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका माथि जिल्ला प्रहरी परिसर भक्तुरले चोरी र लुटपाटसम्बन्धी म्यादसहित अनुसन्धान जारी राखेको छ।







प्रतिक्रिया