अर्थमन्त्री खनाल: नेपालले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा उल्लेखनीय प्रगति गरेको

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — अर्थमन्त्री रामेश्वर खनालले नेपालले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताएका छन्। मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै अर्थमन्त्री खनालले भने, “अन्तर्राष्ट्रिय निकायहरूले पहिले नेपाललाई ‘कानुन बनाए पनि कार्यान्वयन नगरेको’ भनेर आलोचना गर्थे, तर अब त्यसो छैन।”

उनले थपे, “हामीले कानुन मात्र बनाएका छैनौं, मुद्दा दर्ता र कारबाही प्रक्रियामा पनि प्रगति गरेका छौं। यही प्रगतिबारे आगामी जनवरीमा हुने बैठकमा अन्तर्राष्ट्रिय निकायलाई जानकारी दिन सक्नेछौं।” अर्थमन्त्री खनालले नेपालले अन्तर्राष्ट्रिय निकायहरूसँग गरेको प्रतिवद्धता पालनामा पनि सरकार गम्भीर रहेको बताए।