लियो क्लब अफ विराटनगरको अध्यक्षमा सञ्जु गोइत, सामाजिक अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । लियो क्लब अफ विराटनगरको लियो वर्ष २०२६–२०२७ का लागि लियो सञ्जु गोइत अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। नयाँ नेतृत्व चयनसँगै क्लबले आगामी कार्यकालमा सामाजिक सेवामूलक गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

सम्पन्न कार्यकालमा अध्यक्ष लियो सिर्जना लुइटेलको नेतृत्वमा क्लबले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, रक्तदानलगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको थियो। उहाँको नेतृत्वमा क्लबले समुदायसँग प्रत्यक्ष जोडिएका सेवामूलक अभियानलाई प्राथमिकता दिएको थियो।

करिब नौ वर्षदेखि लियो अभियानमा सक्रिय रहँदै आउनुभएका नवनिर्वाचित अध्यक्ष गोइतलाई सेवाभावी, ऊर्जाशील तथा नेतृत्व क्षमतायुक्त युवा व्यक्तित्वका रूपमा चिनिन्छ। उहाँको नेतृत्वमा क्लबले आगामी दिनमा सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई अझ सशक्त र प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।

लायन्स क्लब अफ विराटनगरको प्रायोजनमा सञ्चालित लियो क्लब अफ विराटनगरले आगामी कार्यकालमा पनि “We Serve” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै समाजप्रति समर्पित सेवामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ।