युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना, अब नागरिकका आवाज प्रत्यक्ष सुन्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका समस्या र गुनासोहरू प्रत्यक्ष सुन्न र समाधानका लागि “गुनासो सुनुवाइ कक्ष” स्थापना गरेको छ।

मन्त्रालयका अनुसार यो पहल नागरिकका सुझाव, समस्या र जानकारीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उद्देश्यले सुरु गरिएको हो।

अबदेखि युवा र खेलकुदसँग सम्बन्धित कुनै पनि गुनासो, सुझाव वा जानकारी निम्न माध्यमहरूबाट पठाउन सकिनेछ:
📞 फोन: ०१–४२००५४४
📱 व्हाट्सएप: +९७७–९८५१४१०२४६
📧 इमेल: voice.moys@gmail.com

मन्त्रालयले यस प्रणालीले नागरिक र मन्त्रालयबीचको संवाद सुदृढ हुने र समस्या समाधानमा छिटो र प्रभावकारी सहयोग पुग्ने विश्वास लिएको छ।