ग्रिनल्यान्ड अमेरिकाकै स्वामित्वमा हुनुपर्ने ट्रम्पको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनको बढ्दो प्रभाव रोक्न ग्रिनल्यान्ड अमेरिकाको स्वामित्वमा हुनुपर्ने बताएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले सुरक्षा सुनिश्चित गर्न भाडामा लिनेभन्दा स्वामित्व आवश्यक रहेको उल्लेख गर्दै यसका लागि सजिलो वा कठिन दुवै उपाय अपनाउन सकिने चेतावनी दिएका छन्।

तर, डेनमार्क र ग्रिनल्यान्ड दुवैले ग्रिनल्यान्ड बिक्रीमा नरहेको स्पष्ट पारेका छन्। डेनमार्कले यदि सैन्य बल प्रयोग गरिए ट्रान्स–अटलान्टिक सुरक्षा गठबन्धन नै संकटमा पर्न सक्ने चेतावनी दिएको छ।

रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण मानिने ग्रिनल्यान्ड आर्कटिक क्षेत्रमा पर्छ, जहाँ अमेरिका पहिले नै आफ्नो सैन्य उपस्थिति कायम गर्दै आएको छ। यस विषयमा युरोपेली नाटो सदस्य राष्ट्रहरूले पनि ग्रिनल्यान्डको सार्वभौमिकता र सीमा अखण्डताको सम्मान गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।