सुनसरीको लौकहीमा गोलीकाण्डपछि आक्रोश, सडकमा शव राखेर प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरीको लौकही क्षेत्रमा गोलीकाण्डको घटनापछि आक्रोशित स्थानीयले सडकमा शव राखेर प्रदर्शन गरेका छन्। सशस्त्र प्रहरीले चलाएको गोलीका कारण एक जनाको मृत्यु भएपछि स्थानीय आन्दोलित बनेका हुन्।

प्रदर्शनकारीले गोली प्रहारमा संलग्न सशस्त्र प्रहरीमाथि कडा कारबाहीको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। प्रदर्शनका क्रममा आक्रोशित भीडले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि अवस्था तनावग्रस्त बनेको थियो।

स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले भीड तितरबितर पार्न हवाई फायर गरेको जनाएको छ। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ।

स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ।