प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेस सांसदहरूको रिट सर्वोच्चमा दर्ता, पुस २ मा सुनुवाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतमा दायर गरेको रिट दर्ता भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले आइतबार उक्त रिट दर्ता भएको जानकारी दिए।

रिटमा प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै पुनर्स्थापनाको माग गरिएको छ। कांग्रेसले गत शुक्रबार नै सर्वोच्चमा रिट पेस गरेको थियो।

सर्वोच्चले उक्त रिटको प्रारम्भिक सुनुवाइ पुस २ गतेका लागि तोकेको प्रवक्ता कोइरालाले बताए।