नेकपा प्रचण्डले २०४६ यता उच्च पदस्थ सबैको सम्पत्ति छानबिनको माग दोहोर्याए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले २०४६ सालयता उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने आवश्यकता दोहोर्याएका छन्।

भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार जारी गरेको शुभकामना सन्देशमा प्रचण्डले भने, “हालसम्म चर्चामा रहेका सबै काण्ड र २०४६ यता उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनको माग मैले संसद्को रोस्टमबाट समेत उठाएको थिएँ। आज यस दिवसका अवसरमा फेरि सशक्त रूपमा सो माग दोहोर्याउँछु।”

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुशासनको पक्षमा कदम चालेको र प्रशासनिक सुधार, सार्वजनिक खरिदमा पारदर्शिता, दण्डहीनताको अन्त्य, सम्पत्ति शुद्धीकरणमा कडाइ र नागरिकको सक्रिय निगरानीका उपायहरू अघि बढाएको स्मरण गराए। उनले भने, “भ्रष्टाचारविरुद्ध सक्रिय कदम चाल्नुले दलाल, विचौलिया र भ्रष्ट तत्वहरूको स्वार्थमा आघात पुगेको र पार्टी नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र सफल भएको छ।”

उनले भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन, निरन्तरको सङ्घर्ष हुनुपर्नेमा जोड दिँदै, राजनीतिक नेतृत्वको प्रतिबद्धता, संस्थागत सुदृढीकरण र जनताको सचेत सहभागिता अपरिहार्य रहेको बताए।