सरकारले मन्त्रिपरिषद्को पछिल्ला निर्णय सार्वजनिक गर्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरू सार्वजनिक गरेको छ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जगदीश खरेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा १८ वटा निर्णय गरिएको जानकारी दिएका हुन्।

निर्णयअनुसार, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत भएको छ। यसैगरी, कोलोम्बो प्लानको नवौं महासचिव पदमा कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको उम्मेदवारी स्वीकृत, र तीनकुने घटनामा ज्यान गुमाएका सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय गरिएको छ।