नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा माण्डु हाइड्रोपावरको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको भदौ १८ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको १३ लाख ६३ हजार ६३७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
सूचीकृत सेयर आजदेखि कारोबारयोग्य हुनेछन्। तर सम्बन्धित सेयरधनीको हितग्राही (डिम्याट) खातामा सेयर जम्मा भएपछि मात्र खरिदबिक्री गर्न सकिनेछ।
कम्पनीले चालु आर्थिक वर्षका लागि १० प्रतिशत बोनस सेयरसँगै कर प्रयोजनसहित १२.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।







प्रतिक्रिया