बहुप्रतीक्षित बलिउड फिल्म ‘रामायण’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। शनिबार मुम्बईमा आयोजित कार्यक्रममा निर्माण पक्षले फिल्मका प्रमुख पात्रहरू समेटिएका पोस्टर सार्वजनिक गरेको हो।
नयाँ पोस्टरमा रणवीर कपुरलाई भगवान् राम, साई पल्लवीलाई माता सीता र रवि दुबेलाई लक्ष्मणको भूमिकामा प्रस्तुत गरिएको छ। तीनै जनालाई वनवासको समयको स्वरूपमा परम्परागत पहिरन र जंगलको पृष्ठभूमिमा देखाइएको छ।
त्यस्तै, अर्को पोस्टरमा अभिनेता यशलाई रावणको भूमिकामा प्रस्तुत गरिएको छ। पोस्टर सार्वजनिक भएसँगै फिल्मका प्रमुख पात्रहरूको लुक्सलाई लिएर सामाजिक सञ्जालमा चर्चा सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
कार्यक्रममा रणवीर कपुर, साई पल्लवी, रवि दुबे, निर्देशक नितेश तिवारी, निर्माता नमित मल्होत्रालगायतको उपस्थिति थियो। चर्चित युट्युबर मिस्टर बिस्ट पनि कलाकार तथा निर्माण टोलीसँग कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रमका क्रममा रणवीरले मिस्टर बिस्टलाई ‘जय श्रीराम’ भन्न लगाएको विषयसमेत चर्चामा आएको छ।
नितेश तिवारी निर्देशित ‘रामायण’ दुई भागमा प्रदर्शन हुने तयारीमा छ। फिल्मको पहिलो भाग २०२६ को दीपावली र दोस्रो भाग २०२७ को दीपावलीमा प्रदर्शन गर्ने तयारी गरिएको छ।
फिल्ममा रणवीर कपुर राम, साई पल्लवी सीता, रवि दुबे लक्ष्मण, यश रावण र सनी देओल हनुमानको भूमिकामा देखिँदैछन्।







प्रतिक्रिया