दिल्लीमा हुने ‘(NXT)एनएक्सटी समिट २०२६’ मा वक्ता बन्ने रेनु दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कम्युनिष्ट पार्टीकी नेता तथा भरतपुर महानगरपालिकाकी पूर्वमेयर Renu Dahal भारतको New Delhi मा आयोजना हुने ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन्। भारतीय राज्यसभा सदस्य Kartikeya Sharma ले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै सम्मेलनमा सम्बोधन गर्न आमन्त्रण गरेका हुन्।

आगामी मार्च १२ देखि १४ सम्म नयाँ दिल्लीस्थित Bharat Mandapam मा हुने सम्मेलनमा भारतका प्रधानमन्त्री Narendra Modi मुख्य अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ। यस्तै अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री Scott Morrison लाई सम्मानित अतिथिका रूपमा निमन्त्रणा गरिएको छ।

‘एनएक्सटी समिट’ भारतले आफ्नो वार्षिक क्यालेन्डर इभेन्टका रूपमा विकास गर्न लागेको उच्चस्तरीय अन्तर्राष्ट्रिय मञ्च हो। यसमा विश्वभरका नीति निर्माता, शिक्षाविद्, व्यवसायी, राजनीतिज्ञ तथा विज्ञान–प्रविधि क्षेत्रका विज्ञहरूलाई एउटै थलोमा ल्याएर भविष्यका चुनौती र सहकार्यबारे छलफल गरिने आयोजकले जनाएको छ। सम्मेलनमा विशेषगरी युवा नेतृत्व, प्रविधि आधारित सुशासन र दिगो विकासका एजेन्डालाई प्राथमिकतामा राखिनेछ।

आयोजकका अनुसार यस पटकको सम्मेलनमा ३० भन्दा बढी देशका सांसदहरू तथा University of Oxford, Harvard University, Massachusetts Institute of Technology र Stanford University लगायत विश्वका उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक तथा विशेषज्ञहरूको सहभागिता रहनेछ।

त्यस्तै कार्यक्रममा भारतका रेल तथा सूचना प्रविधि मन्त्री Ashwini Vaishnaw र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री Jitendra Singh लगायतको पनि उपस्थिति रहनेछ। विज्ञान क्षेत्रमा प्रसिद्ध भौतिकशास्त्री Brian Greene सँगको सहकार्यमा ‘एनएक्सटी इन साइन्स’ कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

नेपालबाट पूर्वमेयर दाहाललाई वक्ताका रूपमा छनोट गरिनुलाई भरतपुर महानगर प्रमुखका रूपमा उनले गरेका विकासका प्रयासहरूको अन्तर्राष्ट्रिय पहिचानका रूपमा हेरिएको छ। दाहाल भने हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएकी थिइन्।