ट्रम्पद्वारा आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन्। उनले आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक तस्बिर पोस्ट गर्दै यस्तो दाबी गरेका हुन्।

ट्रम्पले पोस्ट गरेको तस्बिर विकिपेडियामा रहेको उनको आफ्नै प्रोफाइल पेजको सम्पादन गरिएको अंश हो। उक्त तस्बिरको क्याप्सनमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको छ भने सन् २०२६ को जनवरीसम्म उनलाई भेनेजुएलाको वर्तमान राष्ट्रपतिको रूपमा देखाइएको छ।

यसअघि यही महिनाको जनवरी ३ मा अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेको थियो। सो क्रममा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरी अमेरिका लगिएको छ। उनीहरूमाथि हतियार तथा लागूपदार्थ तस्करीको अभियोगमा मुद्दा चलाइएको जनाइएको छ।

मादुरो पक्राउ परेपछि भेनेजुएलाकी पूर्व उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो। यही राजनीतिक घटनाक्रमबीच ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई नै भेनेजुएलाको कार्यवाहक राष्ट्रपति दाबी गरेपछि अन्तर्राष्ट्रिय स्तरमा थप चर्चा र विवाद सिर्जना भएको छ।