खामेनीद्वारा ट्रम्पमाथि कडा प्रहार, ‘तानाशाह र घमण्डी शासक’को संज्ञा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तानाशाह र घमण्डी शासकको आरोप लगाएका छन्। सामाजिक सञ्जाल एक्समा लगातार पोस्ट गर्दै खामेनीले ट्रम्पले विश्व राजनीतिमा घमण्डका साथ गलत निर्णय गर्दै आएको दाबी गरेका हुन्।

खामेनीले ट्रम्पलाई इतिहासका तानाशाहहरूसँग तुलना गर्दै यस्ता शासकहरूको अन्त्य सधैं पतनमै हुने उल्लेख गरेका छन्। उनले लेखेका छन्, “फिरौन, निमरूद, मोहम्मद रजा पहलवीजस्ता घमण्डी शासकहरूको पतन त्यतिबेलै भयो, जब उनीहरूको अहंकार चरम सीमामा पुगेको थियो। ट्रम्पको पनि त्यस्तै पतन हुनेछ।”

उनले अमेरिकाले अझै पनि इरानलाई नबुझेको आरोप लगाउँदै इरान लाखौँ नागरिकको बलिदानबाट बनेको राष्ट्र भएकाले कुनै पनि विनाशकारी शक्तिसामु नझुक्ने स्पष्ट पारेका छन्।

खामेनीले हालै इरानमा भएका प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिक शहीद भएको उल्लेख गर्दै त्यसको आदेश ट्रम्पले दिएको आरोपसमेत लगाएका छन्। “यसले इरानीहरूको रगत उनको हातमा रहेको प्रमाणित गर्छ,” खामेनीले पोस्टमा लेखेका छन्।