पाकिस्तान–चीनको चेतावनी: अफगान भूमि आतंकवादी गतिविधिका लागि प्रयोग हुन नहुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाकिस्तान र चीनले अफगानिस्तानको भूमि कुनै पनि अर्को देशविरुद्ध आतंकवादी गतिविधि सञ्चालन गर्न प्रयोग हुनु नहुनेमा जोड दिएका छन्। पाकिस्तान–चीन विदेशमन्त्रीस्तरीय रणनीतिक वार्ताको सातौँ चरण सम्पन्न भएपछि सोमबार जारी गरिएको संयुक्त वक्तव्यमा यस्तो भनिएको हो।

यस रणनीतिक वार्तामा सहभागी हुन पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इसहाक डार बेइजिङ पुगेका थिए। बैठकपछि जारी वक्तव्यमा दुवै देशले क्षेत्रीय तथा विश्वव्यापी सुरक्षाका लागि गम्भीर खतरा बनेका अफगानिस्तानमा रहेका सबै आतंकवादी समूहहरूलाई पूर्ण रूपमा समाप्त गर्न अझ ठोस र प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

संयुक्त वक्तव्यमा अफगानिस्तान सम्बन्धी विषयमा पाकिस्तान र चीनबीच निरन्तर सम्पर्क, सहकार्य र समन्वय कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

यसैगरी, वक्तव्यमा पाकिस्तानले ‘एक चीन’ सिद्धान्तप्रति आफ्नो दृढ प्रतिबद्धता पुनः पुष्टि गर्दै ताइवान चीनको अभिन्न भूभाग भएको उल्लेख गरेको छ।