उत्तरपूर्वी नाइजेरियाको योबे राज्यमा डुङ्गा डुब्दा कम्तीमा २५ जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता रहेका छन्। योबे राज्य आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार जिगावा राज्यको एक गाउँबाट योबे राज्यतर्फ जाँदै गरेको डुङ्गा दुर्घटनामा परेको हो।
डुङ्गामा कुल ५२ जना यात्रु सवार थिए। दुर्घटनापछि १३ जनालाई जीवितै उद्धार गरिएको छ भने २५ जनाको शव बरामद गरिएको अधिकारीहरूले बताएका छन्। बाँकी १४ जना यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ।
जिगावा राज्य प्रहरीका अनुसार डुङ्गामा पानी चुहावट भएपछि सन्तुलन बिग्रिएर डुङ्गा पल्टिएको हो। प्रारम्भिक अनुसन्धानले प्राविधिक कमजोरी नै दुर्घटनाको मुख्य कारण रहेको संकेत गरेको छ।
नाइजेरियामा जल यातायात असुरक्षित हुने समस्या दोहोरिँदै आएको छ। यसअघि गत सेप्टेम्बरमा मध्य नाइजेरियाको नाइजर राज्यमा ओभरलोड भएको डुङ्गा रूखमा ठोक्किएर पानीमा डुब्दा कम्तीमा ६० जनाको ज्यान गएको थियो।







प्रतिक्रिया