‘अन्तिमपटक चुनाव लड्छु’ — डडेलधुराबाट पुनः उम्मेदवार बन्ने तयारीमा देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी प्रतिनिधि सभा निर्वाचनमा पुनः डडेलधुराबाट उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन्। उनले आफूलाई भेट्न पहुँच गर्ने नेताहरूसँग अन्तिमपटक चुनावी प्रतिस्पर्धामा उत्रने तयारी भएको बताएका हुन्।

डडेलधुराका कांग्रेस सभापति भीमबहादुर साउदका अनुसार देउवाले उम्मेदवारी मनसाय प्रष्ट पारेसँगै सर्वसम्मत सिफारिस प्रक्रिया अघि बढाइनेछ।

सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि अघिल्लो हप्तामा महाराजगञ्जस्थित निवासमा देउवालाई भेट्दा उनले “साथीहरूले उठ्नुपर्छ भनेका छन्, म उठ्छु” भनेर चुनावमा उत्रने संकेत दिएको जानकारी दिएका छन्।

मंगलबार बिहान भेट्न पुगेका नेविसंघ नेता भुवन भट्टले पनि देउवाले आफू अन्तिमपटक निर्वाचनमा उठ्ने स्पष्ट संकेत गरेको बताए।

कांग्रेसले यही महिनाको अन्त्यसम्म केन्द्रमा उम्मेदवार सिफारिस पठाउन प्रदेश र निर्वाचन क्षेत्रीय समितिहरूलाई निर्देशन दिइसकेको छ। विधानअनुसार एक महिला सहित तीन नाम सिफारिस गरेर केन्द्रमा पठाउनुपर्ने व्यवस्था छ।

२०४८ सालदेखि निरन्तर डडेलधुराबाट विजयी हुँदै आएका देउवा आगामी निर्वाचनमै पनि त्यही क्षेत्रबाट प्रतिस्पर्धा गर्ने तयारीमा छन्।