अदालत अवहेलनामा नेपाल बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेलाई सर्वोच्चबाट सफाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरे अदालत अवहेलनाको मुद्दामा सफाइ पाएका छन्। उनीविरुद्ध दायर भएको अवहेलना मुद्दामा सर्वोच्च अदालतले सोमबार निर्णय सुनाउँदै घिमिरेमाथिको आरोप प्रमाणित नभएको ठहर गरेको हो।

न्यायाधीशद्वय शारंगा सुवेदीशान्तिसिंह थापाको संयुक्त इजलासले घिमिरेप्रति लगाइएका आरोपहरू स्थापित नहुने भन्दै सफाइको आदेश जारी गरेको हो।

उपरजिस्ट्रार गोविन्द घिमिरेले बारका तत्कालीन अध्यक्ष घिमिरेविरुद्ध अवहेलनाको उजुरी दिएका थिए। घिमिरेले गत ११ असोजमा नेपाल बारको तर्फबाट न्यायपरिषद् नियमावली र तत्कालीन प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठको विषयमा टिप्पणी गरेका थिए, जसले अदालतको प्रतिष्ठामा असर पर्न सक्ने भन्दै मानहानीको निवेदन परेका थिए।

सर्वोच्चको आदेशसँगै घिमिरेले सबै आरोपबाट औपचारिक रूपमा मुक्ति पाएका छन्।