नेकपा (एमाले)का नेताहरूले पार्टी प्रक्रिया र प्रणाली प्रभावकारी रूपमा चल्न नसकेको आरोप लगाउँदै आसन्न ११औँ महाधिवेशनबाट नीति र नेतृत्व दुवैमा रूपान्तरण आवश्यक पर्ने बताएका छन्।
नेतृत्वले लोकतान्त्रिक विधि अनुसार पार्टी सञ्चालन गर्न नसक्दा एमालेप्रति जनताको भरोसा खस्कँदै गएको दाबी गर्दै उनीहरूले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको एकाधिकारले संगठन कमजोर बनेको आरोप लगाए।
अध्यक्ष ओलीले आफूलाई सर्वेसर्वा ठानेर पार्टीभित्र बहस र छलफललाई रोक्दै आएको दाबी गर्दै नेताहरूले राजनीतिक दलमा दुई कार्यकालको नेतृत्व सीमाका व्यवस्था कानुनमै गर्नुपर्ने आवश्यकता औँल्याए।
नेताहरूले ओलीले जनताको बहुदलीय जनवाद (ज.–ब.–ज) को अपव्याख्या गरेको र आफूले तोकेका व्यक्तिलाई नेतृत्वमा ल्याउने प्रयास गरेको आरोप पनि लगाए।
उनीहरूको समूहले ११औँ महाधिवेशनका लागि ईश्वर पोखरेललाई वैकल्पिक अध्यक्षका रूपमा अघि बढाउँदै महाधिवेशनमा चुनौती दिने तयारी गरेको जनाएको छ।







प्रतिक्रिया