निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय तोकेको छ। आयोगले मंसिर २१ गतेदेखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने दलले निवेदन पेश गर्न सक्ने जानकारी दिएको छ।
आयोगले कार्यालय समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय, बहादुर भवन, कान्तिपथ, काठमाडौंमा निवेदन पेश गर्न सकिने जनाएको छ। प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–२ अनुसार ढाँचामा निवेदन दिनुपर्नेछ।
राजनीतिक दलले निवेदन दिनुअघि केन्द्रिय समितिको निर्णयअनुसार अधिकारप्राप्त पदाधिकारीको हस्ताक्षर अनिवार्य हुनेछ। आयोगले भनेको छ कि उम्मेदवारको बन्द सूची पेश नगर्ने दललाई समानुपातिक निर्वाचन प्रणालीमा दल दर्ता गराउन आवश्यक छैन।







प्रतिक्रिया