क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीसँगै निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक समृद्धि श्रेष्ठ, प्रबन्धक नलविक्रम थापा, विजय थापा, गुरुदत्त अधिकारी र एक इन्जिनियरिङ कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रत्येक प्रतिवादीसँग १३ करोड ५७ लाख ४६ हजार २ सय १३ रुपैयाँ ७६ पैसा बिगो दाबी गरिएको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणसँग सम्बन्धित यस मुद्दालाई उच्च महत्वका रूपमा लिइएको छ।