एम्बुलेन्स दुर्घटना : २ जना गम्भीर घाइते, हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङमा मंगलबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये एम्बुलेन्स चालक सञ्जीव राई र गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर अवस्थामा रहेका छन्।

इलाका प्रहरी कार्यालय घोडेटारका अनुसार बिरामीलाई होम्ताङ पुर्‍याएर घोडेटार फर्कने क्रममा करिब पौने ९ बजे एम्बुलेन्स दुर्घटनामा परेको थियो। घाइतेहरूको अवस्था चिन्ताजनक भएपछि हेलिकप्टरमार्फत उद्धार गर्न तयारी भइरहेको वडा अध्यक्ष सुरेश कुमार राईले जानकारी दिए।